कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी



कपिलवस्तु : जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालय आगलागी भएको छ । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आइतबार बिहान आगलागी भएको हो ।

आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरी अनुमान छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार आगलागी बिहान ७:४५ बाट सुरु भएको हो । ३० मिनेटपछि कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्