१९ दिनकाे साइकल यात्रापछि फर्किएका रञ्जित भन्छन्- मलाई मेराे समाज र धर्म चिनाउनु छ



जनकपुर : विजयादशमीका दिन जनकपुबाट अयोध्याका लागि निस्केका जनकपुरका रञ्जित साह आज जनकपुर आइपुगेका छन् । जनकपुरको जिरो माइलमा उनलाई स्थानीयले फूलमाला र दोसल्लाले स्वागत गरेका थिए । 

 

जनकपुरबाट चार दिनमा चार सय २५ किमि यात्रा तय गर्दै रञ्जित अयोध्या पुगेका थिए । त्यसपछि उनी पुनः उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी भेट्न एक सय मिमिभन्दा पर गोरखपुर र लखनऊ पुगेका थिए । 

 

साइकल यात्रामा जानुपूर्व पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले आफ्नो धर्म संस्कृतिको जागरणका लागि साइकल यात्रामा निस्कन लागेको बताए । स्थानीय सामुदायिक विद्यालय संकटमोचन स्कुल पढ्दा पढ्दै छाडेका उनी जनकपुरवासीका माझ साइकल यात्रीका नामले चिनिन्छन् । 

 

समाजसेवी रञ्जितले हालसम्म २३ पटक रक्तदानसमेत गरिसकेका छन् । सामान्य परिवारमा हुर्केका रञ्जितले जनकपुरको नयाँ बसपार्कमा पान पसल राखेका छन् । उनको परिवारको गुजरा यसैबाट चलेको छ । 

केही वर्षअघि लामो मधेस बन्दका बेला उनका साथी काठमाडौंबाट बर्दिबास आएका थिए । साथीलाई लिन उनी साइकल चढेर जनकपुरबाट बर्दिबास पुगेका थिए । त्यसपछि टाढा टाढासम्मको यात्रा पनि साइकलबाटै गर्न सकिँदाे रहेछ भन्ने उनलाई लाग्यो ।

 

उनी भन्छन्, ‘साथीलाई लिन गएको त्यस दिनले मलाई साइकल यात्री बनायो ।’ साइकल यात्रा गर्न कतैबाट सहयोग नलिएका उनले आफ्नै मिहिनेतले परिवार, समाजका लागि सकारात्मक सन्देश दिने र उदाहरणीय काम गरेर देखाउने अठोट गरे । 

प्रतिक्रिया दिनुहोस्