प्रिमियर लिगको उपाधि घरेलु टोली पोखरालाई, चितवन ३ विकेटले पराजित



पोखरा : पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ । फाइनलमा चितवनलाई तीन विकेटले हराउँदै पोखराले उपाधि उचाल्यो ।

 

दर्शकले खचाखच भएको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनाएकाे थियो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले ।

 

यो प्रतियोगितामा गतिलाे प्रदर्शन गर्न नसकेका कप्तान पारसले फाइनल खेलमा भने तारिफयाेग्य खेल पस्केका थिए । उनले पोखराविरुद्ध ५१ रन बनाउँदै प्रतियोगितामा पहिलो अर्धसतक बनाए ।

 

उनको यो अर्धसतकसँगै जारी प्रतियोगितामा अर्धसतक संख्या २१ पुगेको छ । उनले ३६ बलमा नौ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो ।

 

तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनील शाहले ५० रनको साझेदारी गरेपछि चितवन सम्मानजनक स्थितिमा पुग्यो । तर उसको स्कोर एक सय ३५ रन हुँदा तेस्रो विकेट झर्यो । अनीलले ३८ बलमा ३७ रन बनाए । जसमा तीन चौका र एक छक्का प्रहार गरे । आज पनि भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे ।

 

इलिमिनेटर राउण्डमा पनि अर्धसतक बनाउदै टिमलाई फाइनलमा पुर्याएका उनले आज पनि ४३ रन बनाए । जसमा उनले बलमा तीन चौका र चार छक्का प्रहार गरे । जसका कारण चितवनले एक सय ५७ रनमा चौथो विकेट गुमायो ।

 

यस्तै आरिफ शेखले १४ रन बनाए । बलिङतर्फ कृष्ण कार्कीले दुई विकेट लिए । जवाफमा पोखराले १९ ओभर दुई बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । खराब सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमाएको थियो ।

 

उसका ओपनर कुशल भुर्तेल चार रनमा आउट भए । तर त्यसपछि आशिफ शेख र रवीइन्दर सिंहले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर आशिफ १२ रनमा आउट भएपछि पोखराले ६५ रनमा दोस्रो विकेट गुमायो ।

 

त्यसपछि मोहम्मद नाभिद २५ रनमा आउट भएपछि पोखराले ९८ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि पनि कप्तान शरद भेषवाकर र रवी इन्डरले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । शरद भेषवाकर २२ रनमा आउट भएपछि पोखराले एक सय ४८ रनमा चौथो विकेट गुमायो । लगत्तै रोहित पौडेल पनि खाता खोल्न नपाउँदै आउट पाँचौ विकेट गुमायो ।

 

तर अन्तिमसम्म क्रिजमा टिकेका रवीइन्दरले ९० रनमा आउट भएपछि पोखराले एक सय ५७ रनमा छैटौ विकेट झर्यो । उनले ५८ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । अन्तिममा १० रन जोड्दा पोखराले चार विकेट गुमाउन पुग्यो । अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक रहेकोमा पोखराका विनोद भण्डारीले चौका प्रहार गरे । जितसँगै पोखराले २७ लाख रूपैयाँ पुरस्कार पाएको छ भने चितवनले १० लाखमा चित्त बुझाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्