रोपाइँमा बाबुराम भट्टराई



गोरखा : ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन देशभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। 

यही मान्यतलाई पछ्याउँदै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखामा आयोजित रोपाइँमा सहभागी भए।

त्यसक्रममा छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाएका उनी हली र बाउसे भएर रोपाइँ दिवसमा सहभागी भएका हुन्। अन्य नेताहरु पनि देशका विभिन्‍न भागमा रोपाइँ दिवसमा सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस्