मालपोत कार्यालयमा आगलागी



कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ। आगलागीबाट ९ लाख बढीको क्षति भएको छ।

कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

प्रतिक्रिया दिनुहोस्