स्थानीय निर्वाचनमा गठबन्धनलाई एउटै कुचोले बर्ढाछ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने चेतावनी समेत दिएका छन्। इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै कुचोले बढार्ने दाबी गरेका हुन् ।

स्थानीय निर्वाचनको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका निर्वाचन पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ । त्यस्तै, तीन वर्षमा आफू नेतृत्वको सरकारको कामलाई देखेर दुनियाँ अचम्मित परेको बताएका छन्। इलामको फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले समय खेर फाल्ने पार्टी नभएको बताएका हुन्।

‘हामीले तीन वर्षमा विकास गर्न सकिने रहेछ भन्ने दखाएका छौँ। कोभिड-१९ मा जनताको जिउधनको रक्षा गरेको विषयलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ। तीन वर्षको यति छोटो समयमा यति धेरै काम गरेको देखेर दुनियाँ चकित परेको छ,’ उनले भने। एमालेको सफलता देखेर केही शक्तिहरु षड्यन्त्रमा लागेको ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्