कांग्रेस उपसभापतिमा विजय गच्छदार नियुक्त



काठमाडाैं : कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार नियुक्त भएका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाएका हुन् ।

 

आज बसेकाे कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा नियुक्त भएका हुन् । गच्छदारको मनोनयन राजनीतिक निर्णयमा गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्