बहिनी पढाइमा तगडा भएपछि ईर्ष्याले जलेर दाजुभाइले नै गरे बलात्कार !



काठमाडौं : भारतको उत्तर प्रदेशको सीतापुर जिल्लामा एक सरकारी विद्यालय परिसरमा आठ क्लासकी एक विद्यार्थीलाई उसकै काकाका छोराहरूले दुई वर्षसम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ । 

त्यतिले मात्र नभई उसका शिक्षकहरूले पनि पापी दाइहरूको साथ दिए । ती विद्यार्थी पढाइमा तगडा भएर दाजुहरूभन्दा अब्बल देखिएपछि रिसले जलेर उनीहरूले यस्तो कुकर्म गरेका हुन् । 

घटनाको भिडियो परिवारको ह्वाट्सयाप ग्रूपमा पठाइएको थियो । त्यसपछि शनिवार किशोरीले उजुरी दर्ता गराइन् र आरोपितहरूका विरुद्ध एफआईआर दर्ज गराइयो । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । विगत दुई वर्षमा दाइहरू र शिक्षकले आफ्नो बलात्कार गरेको उजुरीमा लेखिएको छ । 

एडिसनल एसपी मधुवन कुमार सिंहले यसको बारेमा जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, किशोरीको डाहा गर्ने दाजुहरू उसको पढाइ बिग्रियोस् भन्ने चाहन्थे किनकि उनी सधैं राम्रो अंक ल्याउँथिन् र उनीहरू चाहिँ फेल भइरहन्थे । 

एक प्रहरीले बताए, ‘किशोरीलाई बेहोश बनाएर दाजुहरू र शिक्षकले पालैपालो बलात्कार गर्थे र अनि भिडियो पनि बनाउँथे । भिडियो हेरेर मात्र किशोरीले यो कुरा थाहा पाइन् ।’

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्