ओली भन्छन् : ‘सूर्य कसरी हरियो हुनसक्छ ? हामीलाई रातो सूर्य चाहियो’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्हको रङ हरियो बनाउने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

स्थानीय तह निर्वाचनसम्बन्धि आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका ओलीले सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गरेका छन्।

उनले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गरे। उनले भने, ‘हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिन्हको रङ हरियो राख्नुपर्‍यो, सूर्य कसरी हरियो हुनसक्छ ? हामीलाई रातो सूर्य चाहियो ।’

दलहरुसँग परामर्श समेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धि तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो। उनले दलहरुको निर्वाचन चिन्हको रङ ब्लाकेन्टह्वाईट भएको भए मान्य हुने धारणा पनि राखे। निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्