माेहना नदीमा डुबेर एक जना बेपत्ता



कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-१९ मोहना नदीमा एक जनाको डुबेर मृत्यु भएको आशंका गरिएको छ । धनगढी उपमहानगरपालिका १९ का कृष्ण ओलीको डुबेर मुत्यृ भएको आशंकामा प्रहरीले खोजी कार्य तिव्र पारेको छ ।  

 

मंगलबार बिहानै अज्ञात भएका कृष्ण ओलीले अनुसन्धान प्रहरीका हवल्दार विनोद जोशी र स्थानीय प्रकाश खत्रीसँगै बसेर मदिरा सेवन गरेका थिए । अनुसन्धान प्रहरीका हवल्दार विनोद जोशीले ओली डुबेको खबर बहुलिया सिमा प्रहरी चौकी फुलवारीलाई खबर गरेपछि, प्रहरीले मंगलबार दिउँसोदेखि अज्ञात कृष्ण ओलीको खोजी कार्य तिव्र पारेको छ । अज्ञात ओलीले लगाएको लुगा भने खोला किनारमा फेला परेको छ । 

 

बिहानै मदिरा सेवन गरेका अनुसन्धान प्रहरीका हवल्दार विनोद जोशी र स्थानीय प्रकाश खत्रीलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको र बहुलिया सिमा प्रहरी चौकी फुलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्