यस्तो देखियो कर्फ्यू लगाइएपछिको अवस्था…



मोरङ । मोरङको लेटाङमा सोमबार आज बिहानदेखि लगाइएको कर्फ्यू अहिले पनि जारी छ । एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी को मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा स्थिती नियन्त्रणमा लिन कर्फ्यू लगाइएको हो ।

कर्फ्यू लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्रसित बनेका छन् । प्रहरीले अहिलेसम्म आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए ।

शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानीयल अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरिएको थियो । लेटाङको पछिल्लो अवस्था हेर्नुहोस् तस्बिरमा :

प्रतिक्रिया दिनुहोस्