काठमाडाैं महानगरले मातहतका सबै सहकारीकाे अनुगमन गर्ने



काठमाडौं  : काठमाडौं महानगरपालिकाले मातहत रहेका एक हजार ८ सय ५६ सहकारी संस्थाको अनुगमन गर्ने भएको छ ।

 

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेबाट देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप महानगरले आफ्ना क्षेत्रभित्रपर्ने सबै सहकारीको अनुगमन शुरु गर्न लागेको हो । 

 

काठमाडाैं महानगरका सबै सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६ सय ४४, बहुउद्देश्यीय १ सय ५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध र कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । 

 

महानगरका सहकारी विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा नियमविपरीत सञ्चालन भएका सहकारीलाई पत्राचार गरिएकाे बताए । त्यपछि उनले कारवाहीको प्रक्रिया अघि बढाइने बताए । दोस्रोचरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिने काम गरिने पनि उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्