बुहारीद्वारा जेठाजुको निर्ममतापूर्वक हत्या



गोरखा : गोरखामा बुहारीको खुर्पा प्रहारबाट जेठाजुको मृत्यु भएको छ। जिल्लाको सहिदलखन गाउँपालिका–७, बुङकोट चारघरेमा सोमबार दिउँसो १ बजे बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी हुन्। ५२ वर्षीया गोरिमाया रानाले ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरी हत्या गरेकी हुन्।

गोरिमायालाई प्रहरीले पक्राउ गरेको छ। खुर्पा प्रहारपछि गम्भीर घाइते बलबहादुरलाई उपचारका लागि गोरखा अस्पतालमा ल्याए पनि उपचार हुन नपाई मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

बुहारीले जेठाजुलाई खुर्पा प्रहार गर्नुको कारण भने खुलेको छैन्। गोरिमायालाई खुर्पासहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी नायव निरीक्षक रोशन श्रेष्ठले जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस्