डाेटीमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते



डाेटीकाे आदर्श गाउँपालिकामा जिप दुर्घटनामा ६ जना घाइते भएका छन्। आदर्श गाउँपालका मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से१च ९१७ नम्बरको जिप साइली गाडनजिकै गजेडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ। 

दुर्घटनामा चालक कटक सिलाल गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा सायलका १ कौराडीका २७ वर्षीय राजु दमाई, ५ वर्षीय बाडुली नेपाली, कौराडीकै ३५ वर्षीय टीका नेपाली, आदर्श ७ सातलका १२ वर्षीय महेश नेपाली र २६ वर्षीय रमेश नेपाली घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइएकाे छ।

‘प्रारम्भिक अनुसन्धानमा जिप मोडमा दुर्घटना भएको देखियो,’ प्रहरी नायब उपरीक्षक धामीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’

जिप सडकबाट अन्दाजी ५०/६० मिटर खसेको छ।

प्रतिक्रिया दिनुहोस्