बझाङमा एक केजी चरेससहित ७१ वर्षीय वृद्व पक्राउ



 

बझाङ : एक किलो चरेससहित ७१ वर्षीय बृद्ध पक्राउ परेका छन् । छविसपाथीभेरा गाँउपालिका–३ बस्ने ७१ वर्षीय धनराज बोहरालाई उक्त परिमाणको चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आईतबार बेलुका बझाङबाट धनगढीतर्फ जाँदै गरेको बसमा स्याँडी प्रहरी चौकीमा चेक जाँच गर्दा उनको झोलाबाट एक किलो चरेस बरामद भएको प्रहरीको भनाइ छ ।

सुराकीका आधारमा प्रहरीले पछ्याउँदै गएको र स्याँडी प्रहरी चौकीमा प्रहरीले उनको झोला चेकजाँच गर्दा एक किलो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए । बोहरालाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको साउँदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्