कुकुर पाल्दा कसरी हुन्छ स्वास्थ्यमा फाइदा ?



 

काठमाडौ‌ :  घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने गरेको पाइएको छ ।  अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो । 

योसँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ।

 

१. खुसी बढाउँछ, निरास हटाउँछ

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ । कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुसी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ । यसले मानिसमा रहेको निरासा हटाउन मद्दत गर्छ ।

 

२. मुटु रोगको जोखिम घटाउँछ

कुकुरसँग खेल्दा र कुकुरलाई डोर्याएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ । कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको पनि एक्सरसाइज हुन्छ । जसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ।

 

३. छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ।

 

४. स्वस्थ दैनिकीलाई प्रोत्साहन 

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ।

 

५.एक्लोपनबाट मुक्त

  जव मानिसहरुमा एक्लोपनको आभास हुने गर्दछ । उनीहरु विभिन्न प्रकारका कुराहरु सोचेर बस्ने गर्छन् । यस्तोमा  कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनावबाट मुक्त हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्