अब विदेश जाँदा १५ सय डलर मात्र बोक्न पाईने



 

काठमाडौं :   नेपाल राष्ट्र बैंकले डलरको सटही सुविधा घटाएको छ । 

राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै टीटीबाट सामान खरिदगर्दा र विदेश भ्रमण जाँदा पाउने डलर सटही सुविधालाई घटाएको हो ।  राष्ट्र बैंकको निर्देशन अनुसार अबका दिनमा विदेश जाँदा १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाईने छ । यस अघि यस्तो सुविधा २ हजार ५ सय डलर रहेको थियो । 

यसैगरी राष्ट्र बैंकले टीटीबाट सामान आयात गर्दा पाउने डलर सटही सुविधालाई पनि २५ प्रतिशतले कटौती गरेको छ । यस अघि टीटीबाट सामान आयात गर्दा ४० हजार डलरसम्म सटही विधा दिँदै आएकोमा त्यसलाई कटौती गर्दै ३० हजार डलरमा झारेको छ । 

साथै टीटीमार्फत २५ हजार डलरभन्दा बढी सटही सुविधा उपलब्ध गराउँदा सम्बन्धित व्यक्तिको विजनेश क्रेडिविलिटी इन्फरमेशन समेत राख्नु पर्नेछ । यसरी रकम प्रदान गर्दा एक पटकको टीटीको सामान सिपमेन्ट नभएसम्म अर्को टीटी लगाउनका लागि समेत डलर सुविधा नदिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्