लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाएका हुन् ।

‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उनले बताए । ‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वा, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्