१३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव फेला



 

गोरखा: गाेरखामा १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ । गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यही कात्तिक ८ गतेदेखि हराएका रम्तेलको शव गोरखा नगरपालिका–५ स्थित धारापानी खोलामा फेला परेको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । शव किरा परी सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । रम्तेल हराएको सूचनाका आधारमा खोजतलास गर्दा मृतावस्थामा भेटाइएको थियो । शवपरीक्षण गरी आजै आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्