कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते



कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्