पोखरीमा डुबेर २ बालकको मृत्यु



दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। मृतक बालक दाजुभाइ हुन्।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा सुन्दर यु केजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए। विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्