रुपन्देहीमा गोली चल्यो



रुपन्देही : रुपन्देहीको गैडहवामा गोली चलेको छ । गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ । 

अज्ञात समूहले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको स्थानीय लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले बताएका छन्।

ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउँदै गरेका पासी गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेको पासीलाई उदृत गर्दै गुप्ताले बताए ।

लुटेराले गोली प्रहार गर्दा टेम्पोको टायरमा लागेको र कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । टेम्पोमा अन्य यात्रुहरू समेत सवार रहेको गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्