मृतक परिवारलाई पाँच लाख दिने सहमति



बझाङ : सोमबार बैतडीको सिगास गाउँपालिका ९ को बालुवाखानीमा च्यापिएर मृत्यु हुने परिवारलाई ५ लाख दिने सहमति भएको छ ।

स्वास्थ चौकी भवन निर्माणको जिम्मा पाएको ठेकदार कम्पनीले मृतक परिवारलाई पाँच लाख र घाइते तीन जनाको उपचार खर्च बेहोर्न सहमति भएको हो । 

बित्थडचिर गाउँपालिका ५ मा निर्माण भइरहेको स्वास्थ चौकी भवन निर्माणको लागि बालुवा लिन गएका बेला बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्को नै भत्किँदा ज्यान गएको हो । 

बझाङको बित्थडचिर गाउँपालिका ५ घर भएकी चाखुरी देवि महरको हिजो सोमबार बालुवा खानिमा च्यापिएर घटना स्थलमै ज्यान गएको थियो  । 

यस्तै मृतक परिवार लाई गाउँपालिकाले क्रिया खर्च बाफत २५ हजार सहयोग गरेको छ । गाउँपालिका उपाध्यक्ष जानकी बोहराले आगामी दिनमा परिवार लाई थप सहयोग गर्ने बताउदै सो रकम हस्तान्तरण गरेकी हुन । 

गम्भीर घाइते कुटुरी देवि महरलाई उपचारको नेपालगन्ज पठाईएको छ, भने गम्भा देवि महर र हरिभान महरको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भैरहेको छ ।

 मृतक महरको शव  देउलेख प्राथमिक स्वास्थ केन्द्रमा  पोस्टमार्टम गरेपछि आफन्तले बुझेका छन ।

प्रतिक्रिया दिनुहोस्