सञ्चार माध्यमको दर्ता, नवीकरण र नियमन अब प्रदेशबाटै हुने



काठमाडौं : मिडियाको दर्ता, नवीकरण र नियमन अब प्रदेशबाटै हुने भएको छ। रेडियो, स्याटलाइटबाहेक टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण अब प्रदेश–३ को सरकार अन्तर्गतको संचार रजिष्ट्रारको कार्यालयले गर्ने भएको हो। पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नविकरण पनि सञ्चार रजिष्ट्रार कार्यालयले गर्नेछ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन ०७५ र नियमावली ०७६ अनुसार ती अधिकार प्रदेशमार्फत हुन लागेका हुन्। असार ९ गते बसेको प्रदेश–३ मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम नियमावली स्वीकृत गरेको थियो। मन्त्रिपरिषद् निर्णय अनुसार आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख राख्न बाटो खुलेको हो। 

प्रतिक्रिया दिनुहोस्