माइक्रोको ठक्करबाट एकको मृत्यु



रुकुम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ झुल्नेटा नजिकै माइक्रोबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ, एक जना घाइते भएकी छन् । मृत्यु हुनेमा सल्यान बागचौर नरपालिका–१२ की ३८ वर्षीया कल्पना ओली रहेको प्रहरीले जनाएको छ । 

देउसी भैलो खेल्नका लागि अपराह्न झुल्नेटातर्फ आउने क्रममा नेपालगञ्जबाट मुसिकोटतर्फ आउँदै गरेको भे१ज १००० नम्बरको माइक्रोबसले ठक्कर दिँदा ओलीको मृत्यु भएको हो । 

माइक्रोबसको ठक्करबाट सोही वडाकी २८ वर्षीया दुर्गा केसी गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार घाइते दुर्गालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्