स्कुलबाट फर्केर पौडी खेल्न गएका दुई बालक बगेर बेपत्ता 



म्याग्दी : पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा म्याग्दीको बेनी नगरपालिका ३ दूधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।

मंगलबार बेलुका साढे चार बजे बेनी ३ भकिम्लीका ११ बर्से प्रदीप रोका र बागलुङ घर भई हाल बेनी ३ दूधेखोलामा मामाघर बस्दै आएका डेबिड काउचा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको खोजी भइहरको छ। विद्यालयबाट फर्कने क्रममा दुई बालक पौडी खेल्न नदीमा पसेका बेनी ३ का वडासदस्य गेमबहादुर घर्तीले बताए। 

प्रतिक्रिया दिनुहोस्