चुनावी तालमेलको जिम्मा स्थानीय तहलाई दिनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न निर्वाचनमा गरिने चुनावी तालमेलको जिम्मा तल्लो तहलाई नै दिनुपर्ने निश्कर्ष निकालेको छ । पौडेल निवास बोहराटारमा शुक्रबार बिहान बसेको बैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने विषय आजको केन्द्रीय समिति बैठकमा उठाउने निर्णय गरेको हो।

चुनावी तालमेल सैद्धान्तिक रुपमा ठीक रहेको भन्दै स्वीकार गर्ने निर्णय गरिएको बताइएको छ । तर, तल्लो तहको अवस्थाबारे केन्द्र बेखबर हुन सक्ने भएकाले तालमेलको निर्क्योल गरेर निर्णय गर्ने अधिकार भने त्यतै दिनुपर्ने निर्णय गरिएको हो ।

भेलाले पार्टीको विधानअनुसार आसन्न निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण गर्नुपर्ने निष्कर्ष निकालेको ती नेताले बताए। भेलामा सहभागी नेताहरुले आगामी निर्वाचनहरूमा चुनावी तालमेल आवश्यक भने रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्