अछाममा बस दुर्घटना, १५ जना घाइते, चारकाे अवस्था गम्भीर



अछाम : जिल्लाको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए।

बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो।  दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार सुरु गरेको शाहीले बताए।

विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई ‘साइड’ दिने क्रममा सडक भासिँदा बस खसेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्