सर्लाहीमा सर्पको डसाइबाट दुईको मृत्यु



सर्लाही । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए । 

सर्लाही अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पको डसाइका बिरामी आउने गरेको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्