सिरहामा चाडपर्वलाई मध्यनजर गर्दे विशेष सुरक्षा योजना



 

सिरहा :  चाडपर्वको नाममा हुनसक्ने सम्भावित घटनाहरु हुन नदिनका लागि सिरहा  प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।  

 

तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सिरहा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलका अनुसार विशेष सुरक्षा योजनाका लागि जिल्लाका विभिन्न ठाउँमा २४ सै घण्टा ८ सय ५० जना प्रहरी परिचालन गरिएको छ ।

 

प्रहरीले मोवाईल, मोटरसाइकल, पैदल (क्यूआरटी) गस्ती, भिग्रस चेकिङ, सरप्राइज चेकिङ, भिन्न नाका तथा भन्सारहरुमा गस्ती तथा अन्य चेकिङको व्यवस्था मिलाएको जनाएको छ ।

 

कुनै पनि घटनाको विषयमा जानकारी पाएको १० मिनेटभित्र प्रहरी पुग्ने गरी योजना बनाईएको प्रवक्ता खरेलले जानकारी दिए । संवेदनशीलताका हिसावले प्रहरीले सबै खालका सुरक्षा सतर्कता अपनाएको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्