हरिवनमा ‘जनतासँग मेयर’ कार्यक्रम, मेयर प्रसाई गाउँं गाउँमा



सर्लाही : हरिवन नगरपालिकाले लिएको समृद्ध हरिवन, सुखी हरिवनवासीको नारालाई सार्थक तुल्याउन आजबाट हरिवनमा जनतासँग मेयर सार्वजनिक सुनुवाइ कार्यक्रमको थालिएकाे छ। 

नगरपालिकाकाे काम तथा आफ्ना आगामी योजना नगरवासीसमक्ष पु-याउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रम हरिवन नगरपालिका १ को बिलन्दीमा मेयर गणेश प्रसाईंकाे प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख प्रसाईले जनताहरुबाट प्राप्त सल्लाह, सुझाव, समस्या, गुनासो र अपेक्षाहरुलाई आफू कटिबद्ध भएर पूरा गर्ने प्रतिबद्धता गरेका छन्। 

नगरपालिकाको सबैभन्दा विकट क्षेत्रको रुपमा चिनिएको यस वडामा नगरपालिकाकै सबैभन्दा लोकप्रिय कार्यक्रम राखेकोमा स्थानीय खुसी भएका उनीहरुले बताएका छन्। 

जनतासँग मेयर कार्यक्रममा नगरप्रमुख प्रसाई आफूले नागरिकहरुको आधारभूत आवश्यकतालाई ध्यानमा राखी काम गरिरहेको दाबी गरेका छन्।

जनताहरुको इक्छा आका‌ंक्षा असीमित रहेकाे र नगरपालिकासँग सीमित श्रोत र साधन भएकाले यसलाई परिचालन गरेर नगरबासीका अधिकतम समस्या समाधानमा आफू लागिपरिरहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्