सुदूरपश्चिम प्रदेशसभाको बैठक छैठौं पटक स्थगित



काठमाडौं : संसदमा बजेट प्रस्तुत भएपछि छैठौं पटक बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ ।  बजेटको विषयलाई लिएर सरकार र प्रतिपक्षी दलबीचको छलफलमा सहमति पुग्न नसक्दा बुधबार आह्वान गरिएको बैठक समेत स्थगित भएको हो । बैठक आगामी असार २१ गते सम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्