
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्वाधार विकास योजनाअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्ट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
आरोपी सुवेदीलाई बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।