सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेल्न सहमत



 

कञ्चनपुर :   महाकाली नगरपालिकाको कञ्जभोजमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणका लागि सकारात्मक भूमिका खेल्न नेपाल र भारतका सीमा क्षेत्रका सांसद सहमत भएका छन् । 

 

तिहारका अवसरमा मंगलबार दोधारा–चाँदनीमा आयोजित कार्यक्रममा बोल्दै कञ्चनपुर–३ प्रतिनिधिसभाका सांसद डा . दीपकप्रकाश भट्टले सुख्खा बन्दगाह निर्माण भए दुवै देशको विकासमा टेवा पुग्ने बताए ।  भारत सरकाले सुख्खा बन्दरगाह निर्माणका लागि सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । 

 

भारतको उत्तराखण्डका सांसद पुष्कर सिंह धामीले भारत जहिले पनि नेपालको विकासमा सहयोगीको भूमिका खेल्न इच्छुक रहेको बताए । सुख्खा बन्दरगाह निर्माणका लागि आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

 

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले भारतको नाङ्लास्केपबाट जोगबुढा खोलामा फालिएको पानीका कारण भएको डुबान तथा कटान रोक्न पहल गर्न र भारतबाट काम गरेर फर्केका कामदारलाई सीमामा आवतजावतमा सहज बनाउनेतर्फ पहल गर्न भारतीय जनता पार्टीका नेता एवम सांसद धामीसँग आग्रह गरे ।

 

रासस

प्रतिक्रिया दिनुहोस्