अर्घाखाँचीमा जिप दुर्घटना, तीन जनाकाे मृत्यु,पाँच गम्भीर घाइते



बुटवल : अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। सुपादेउराली मन्दिरदेखि नरपानीतर्फ करिब डेढ सय मिटर अगाडि यात्रुबाहक जिप पल्टिएकाे जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ। 

कपिलवस्तुको कृष्णनगरबाट बिहान साढे ७ बजे सन्धिखर्कका लागि छुटेको लु१ज १३२९ नम्बरको जिप सडकबाट ३०० मिटर तल खसेको थियाे। 

करिब ११ बजे भएको दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको र पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घाइते पाँच जनालाई उपचारार्थ बुटवल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्