धादिङका वडा सदस्यमाथि गोली प्रहार 



काठमाडौं : धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का वडा सदस्यमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट वडा सदस्य रामजी चेपाङ घाइते भएका छन् ।

घाइतेको चेपाङको टाउँकोमा भरुवा बन्दुकको छर्रा लागेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

बुधबार राति चितवनको राप्ती नगरपालिका –१३ गाम्दा बस्ने इन्द्रबहादुर चेपाङले उनीमाथि आक्रमण भएको उनले बताए । घरायसी विवादका हुँदा वडा सदस्यमाथि आक्रमण भएको बुझिएको छ ।

घाइते चेपाङको धादिङमा सामान्य उपचारपछि काठमाडौं नर्भिक अस्पताल रिफार गरिएको छ । उनको अहिले मनर्भिक अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने चेपाङ फरार रहेको प्रवक्ता पोखरेलले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्