राउटेले रोजगारी पाए 



दैलेख: दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हो ।  ’प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका सदस्यहरुले रोजगारी पाएका हुन् ।

कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदायलाई पनि रोजगारी दिएर आर्थिकरुपमा सबल बनाउन वृक्षारोपण गर्ने काम सुम्पेको गुराँस गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एकरएक वटा बाख्रा वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्