धादिङमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते 



काठमाडौं : धादिङमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  ज्वालामुखी गाउँपालिका–६ काउलेडाँडामा भएको दुर्घटनामा ३ जना घाइते भएका छन्।

धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक बिहीबार दिउँसो कच्ची सडकखण्डमा दुर्घटना हुँदा सोही ठाउँका ३६ वर्षीय कृष्ण रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्रक ब्रेक फेल भइ सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्