नेपाल संवत् ११३९ का कार्यक्रम स्थगित



 

काठमाडौं :    नेपाल संवत् ११३९ को राष्ट्रिय समारोहलगायतका कार्यक्रमहरु स्थगित गरिएको छ ।

 

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति र सल्लाहकार समितिको बैठकले आगामीे बिहीबार हुने तय भएको नेपाल संवत् ११३९ का कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो । नेपाल संवत् आन्दोलनका प्रणेता एवं वरिष्ठ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनको शोकका कारण नेपाल संवत् ११३९ को उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगित  गरिएको हो ।

 

बैठकले अरु क्षेत्रमा गरिने कार्यक्रमहरु पनि स्थगित गर्न आग्रहसमेत गरिएको छ । अहिले स्थगित गरिएका कार्यक्रम तुलाधरको १३औं दिनको पून्यतिथिपछि अनुकूल समयमा गर्ने निर्णयसमेत गरिएको छ ।

 

साथै, कात्तिक ३० गते तुलाधरको निधनमा शोकसभा गर्ने निर्णय पनि गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्