१४ ज्यान मार्ने फरार आरोपी १२ वर्षपछि पक्राउ 



कपिलवस्तु : १४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका फरार आरोपी १२ वर्षपछि पक्राउ परेका छन्। २०६४ भदौ ३० गते शिवराज नगरपालिका साबिक विशनपुर गाविस ६ कुदरभेटवाका मुस्लिम अगुवा मोइत खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि हिंसा भड्किएको थियो।

घटनामा अगुवा खाँसहित १४ जनाको ज्यान गएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा शिवराज नगरपालिकाको बिसनपुरका भदई यादव, जगदिश गुप्ता, चिन्कु मुसलमानलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेयले बताए।

पक्राउ परेको तीन अभियुक्त कपिलवस्तु घटनाका आरोपी रहेको उनले बताए। नेता खाँको हत्यापछि उनीहरूले देवीपुर गाउँमा आगजनी गरेर फरार भएका थिए। 

प्रतिक्रिया दिनुहोस्