मलेसियाको रोजगारी अझै खुलेन, प्रक्रिया तोक्ने संयुक्त कार्यदल नै नेतृत्व विहीन



काठमाडौं : गत जेठ २ देखि रोकिएको मलेसियाको कामदार आपूर्ति प्रक्रिया अझै खुल्न सकेको छैन । शून्य लागतमा कामदार पठाउने गरी मलेसिया र नेपालसरकारबीच यही कार्तिक १२ गते श्रम संझौता भए पनि आवश्यक संयन्त्र र प्रक्रिया स्पस्ट नहुँदा कामदार आपूर्ति सुचारु हुन नसकेको हो ।

रोजगारीका लागि मलेसिया जानेक्रममा श्रमिकमाथि चरम आर्थिक शोषण भएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदार अपूर्तिमै रोक लगाएका थिए । कामदारबाट अनावश्यक शुल्क उठाइएको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, आईसी र जीएससी संस्था खारेजी गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरानबीच कार्तिक १२ गते हायात होटलमा द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएको थियो ।

संझौता अनुसार दुवैदेशका उच्चस्तरीय प्राविधिक टोली सम्मिलित एक संयुक्त कार्यदल(जेओसी)गठन गरिएको थियो । सो कार्यदलले कामदार पठाउने प्रक्रिया निर्धारण गर्ने भनिए पनि सो कमिटी निश्क्रिय जस्तै रहँदा मलेसियाको रोजगार अन्यौल कायमै छ। 

प्रतिक्रिया दिनुहोस्