यो वर्ष मात्रै भूमध्यसागर क्षेत्रमा दुई हजार शरणार्थीको डुबेर मृत्यु



काठमाडौं : सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ । 

आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो । गत हप्ता स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस बर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो ।  

राष्ट्रसंघका प्रवक्ताले यस बर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार रहेको बताए । यस बर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्