ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर हुँदै



काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्जर हुने भएको छ । शुक्रबार मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जनाकारी दिए । 

राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिँदै मर्जरमा जाने निर्णय भएको जनता बैंकका अधिकृत क्षेत्रीले जानकारी दिए

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको हो । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए ।

गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति गरेका हुन्। मर्जरका लागि सेयर स्वामित्वको विषयमा अहिले कुनै निर्णय नभएको बताइएको छ । 

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहने छन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । 

मर्जरपछि बैंकको नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्