प्रदेश १ को बजेट बहुमतले पारित



विराटनगर : प्रदेश १ सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को बजेट बहुमतले पारित गरेको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो।

प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ गते संसदमा बजेट प्रस्तुत गरेका थिए। प्रदेशसभा बैठकमा मन्त्री आङ्वोले पेस गरेको विनियोजन विधेयक अन्तरगत सबै मन्त्रालयहरूको भिन्दाभिन्दै शीर्षकमा छलफल भएको थियो।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्