कनकाई पुलमा बम राख्ने ५ जना सार्वजनिक



भद्रपुर : झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राख्ने ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै गोर्खा नेपाल जनमुक्ति मोर्चाको नाममा पर्चासहित प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई सार्वजनिक गरिएको हो।

शिवसताक्षी नगरपालिका १० बस्ने ६४ वर्षीय रामचन्द्र चौहान र मोरङका १९ वर्षीय मनिष माझी, झापा गोलधाप बस्ने २७ वर्षीय दिपेश न्यौपाने, दमक नगरपालिका १ का ४२ वर्षीय सञ्जय खरेल, संखुवासभा ८ हिंगुवाका २१ वर्षीय कमल कोइराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

वैशाख २९ गते  बिहान कनकाई नगरपालिका ४ स्थित कनकाई नदीको पुल नजिकैको डिभाइडरमा प्रेसर कुकर बम फेला परेको थियो। सबैलाई बिस्फोटक पदार्थ तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको छ। 

  

 

प्रतिक्रिया दिनुहोस्