दुई राप्रपाबीच एकता प्रक्रिया सुरु



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा छलफल गर्न भएको वार्ता सकारात्मक रूपमा सकिएको छ ।

 

महाराजगन्जस्थित होटेल ला शेर्पामा मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । 

 

उनीहरूबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजका आधारमा एकीकरण गर्ने सहमति भएको हो । केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहे पनि अन्य विषयमा सहमति बनिसकेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्