मोरङ पूर्णसाक्षर तथा खुला दिसामुक्त जिल्ला घोषणा



विराटनगर : मोरङलाई पूर्णसाक्षर तथा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मोरङलाई पूर्णसाक्षर एवं खुला दिसामुक्त जिल्ला गरेका हुन्।

पूर्णसाक्षर घोषणा हुने आधारमा ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले मोरङलाई पूर्णसाक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दीर्गध्वज चापागाइँले जानकारी दिए। योसँगै मोरङ मुलुकको ५१औं पूर्णसाक्षर जिल्ला बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्