पानी माग्दै एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो



काभ्रे : काभ्रेको तेमाल गाउँपालिका–१, सर्स्यूँखर्कका किसानहरुले पानी माग्दै एक लाखवटा पीपलको पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका छन्।

पानीको हाहाकार भएपछि किसानहरुले ‘हर हर महादेव पानी देउ देउ’ भन्दै सुनकोशी किनारा पुगेर एक लाखवटा पीपलको पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका हुन्। उनीहरूले कोशी किनारामा पुगेर पीपलको पात बगाउँदै रुद्री पुजा र क्षमा पुजा पनि गरेका छन्।

पानी नपरेर खेतबारी बाँझै राख्नु परेको र पिउने पानीसमेतको हाहाकार भएपछि पानी माग्दै रुद्री र क्षमा पूजा गरेको स्थानीय  विष्णुहरी बडालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्