बेलायतका प्रधानमन्त्री कहिल्यै नेपाल आएनन्



काठमाडौं : बेलायतसँग नेपालको कूटनीति सम्बन्ध सबैभन्दा पहिलो हो । तर, २०० वर्षको दौत्य सम्बन्धमा अहिलेसम्म एउटै पनि बेलायती प्रधानमन्त्री नेपाल आएका छैनन् । 

नेपालले बेलायतका हरेक प्रधानमन्त्रीलाई निम्तो भने दिने गरेको छ । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले २०७० पुसमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटेर प्रधानमन्त्री केपी ओलीका तर्फबाट भ्रमणको निम्ता दिएका थिए, तर आएनन् ।

बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण भने बाक्लै हुने गरेको छ । बेलायती राजपरिवारका सदस्यहरुले पनि नेपाल भ्रमण गर्दै आएका छन् । २०१८ मा नेपालको राजकीय भ्रमण गरेकी बेलायती महारानी एलिजाबेथ द्वितीय २०४३ मा दोस्रो पटक आएकी थिइन् । त्यसयता अन्य सदस्यहरुको अनौपचारिक भ्रमण हुँदै आएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्