बेथितिः कन्डिसनका गाडी ग्यारेजमा नयाँ किन्न रकम माग



काठमाडौं : संघीय संसदका विषयगत समितिका सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो थियो– सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए । 

सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको गाडीमा चित् बुझाएनन्। पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेन्डा’ नै बन्यो। अनि एजेन्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।

 

संख्याको हिसाबले हेर्ने हो भने संघीय संसद सचिवालयसँग १०० भन्दा बढी गाडी छन्। प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवतजावतमा प्रयोग गरिए पनि अन्य सवारीसाधन पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् ।

 

कुल गाडीमध्ये दुई वर्षयता भित्र्याइएका गाडी नै २५ वटाभन्दा बढी छन् तर यी गाडीसमेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका छन्।, यो खबर आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्